त्रिशूलीदेवी मन्दिर खुला

जनतापोस्ट

janataPost
फाइल तस्वीर

गौशाला, ११ चैत ।  चैते दशैँ र रामनवमीका अवसरमा आज महोत्तरी जिल्लाको जलेश्वरनाथ महादेव मन्दिर परिसरमा रहेको त्रिशूलीदेवीको मन्दिर सर्वसाधारणको दर्शनका लागि खोलिएको छ । प्रत्येक वर्ष असोज र चैतको दशैँका बेला गरी दुई पटक मात्रै खोलिने गरेको सो मन्दिर आज एकाबिहानै चैतेदशैँ र रामनवमीका अवसरमा देवीको पूजाआजा र सर्वसाधारणको दर्शनका लागि खोलिएको मन्दिरका पुजारी उपेन्द्र पाठकले बताए । त्रिशूल धारण गरेकी त्रिशूलीदेवी भवानीको मन्दिर अरु बेला खोलिँदैन भने उनको प्रतिमा वर्षभरी कसैले हेर्न वा छुन पाउँदैनन् ।

 

असोज र चैतको दशैँमा पुजारीले उनको विशेष पूजाआजा गर्ने, सर्वसाधारणले दर्शन गर्न पाउने र भेटीसमेत चढाउन पाउने व्यवस्था छ । जलेश्वरनाथ महादेव मन्दिरको त्रिशूलीदेवीको मन्दिर महोत्तरी, धनुषा, सिरहा, सर्लाही जिल्लालगायत भारतका सीतामढी र मधुवनी जिल्लामा निकै प्रख्यात छ । ती ठाउँबाट त्रिशूलीदेवी मन्दिरमा दर्शनका लागि हजारौँ भक्तजन आउने गरेका छन् । त्रिशूली मन्दिरमा दर्शन गर्नाले भाकल गरेको कुरा पूरा हुने जनविश्वास छ । (रासस)

प्रतिकृया दिनुहोस

सुनकोशी दोहन, राज्य मौन

काठमाडौं । विपी राजमार्गको भकुण्डेवेशी देखि खुर्कोट खण्डको नदीमा देखी केही दृश्य जहाँ मेरो मात्र होइन जो कोहीको पनि आँखा पुग्छन । सुनकोशी नदिका

कतारबाट फर्किएका घिमिरे नेपाल आएपछि बेपत्ता

नवलपरासी, १२ चैत । वैदेशिक रोजगारीका लागि कतार पुगेर फर्केका पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका–१५ प्रसौनीका २५ वर्षीय गोविन्द घिमिरे नेपाल

बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा भक्तजनको भीड

काठमाडौँ, ११ चैत । चैत्र शुक्ल नवमी अर्थात् रामनवमीका दिन आज बिहानैदेखि देशभरका राममन्दिरमा पूजा आराधना गर्न भक्तजनको भीड लागेको छ ।